अमेरिकाको बाल्टिमोरमा लामो समय देखि बस्दै आएका गायक रतन सुवेदी को रात दिन तिम्रै याद आउँछ, म त परदेशमा एक्लै बोलको नयाँ गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । कामको सिलसिलामा परदेशमा संघर्षरत नेपाली परिवारहरुको कथा ब्यथा बोकेको गीतको शब्द, संगीत गायक स्वयंको रहेको छ भने सुवेदी र बिनिका प्रधानको आवाजमा यो गीत बजारमा आएको हो ।



अन्य गीत भन्दा फरक शैलीमा उनले गाएको यो गीतको भिडियो शक्ति श्रेष्ठको सहयोगमा निर्माण भएको हो जसमा नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझीले अभिनय गरेका छन । दिलीप रायमाझी प्रमुख भुमिकामा रहेको भिडियोमा बाल्टिमोरमा रहेका रचना लामा ,डिम्पल भट्टराई, दिलिप श्रेष्ठ रुडि शर्मा, बाबु के।सी। लगायतकाको अभिनय पनि रहेको छ ।



सुदिप बरालले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।





Published on January 14, 2017 at 4:37 am



Loading…

Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.