रासस/सिन्ह्वा
पुस २६ ।
इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ ।



सिइएनसीका अनुसार बिहीबार बिहानै गएको भूकम्प ७.२ म्याग्निच्युडको भएको र भूकम्पको केन्द्रविन्दु ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तर (इन्डोनेसिया) मा परेको थियो । तर, अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) केन्द्रले भने उक्त भूकम्पीय कम्पन ६.९ म्याग्निच्युडको भएको जनाएको छ ।



भूकम्पबाट भएको क्षतिबारे मंगलबार समाचार तयार पार्दासम्म बिस्तृत विवरण प्राप्त हुन सकेको छैन । भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन ।

Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.