एजेन्सी, पुस २८—पाकिस्तानले कराचीको एउटा सामान्य होटलमा काम गर्ने केटालाई आफ्नो प्रारम्भिक ब्याट्सम्यानको रुपमा भेटाएको छ। हनन खान अस्कजई नाम गरेका यी बिस्फोटक ब्याट्सम्यान भारत र पाकिस्तानमा चर्चित मानिने खाना पाव–भाजी बेच्ने काम गर्छन्।



उनलाई पाकिस्तानको टि–२० टिममा छनोट गरिएको स्थानीय न्युज च्यानल ‘दुनिया’ले जानकारी दिएको छ। पाकिस्तानी टिममा छनोट भएको खबरसँगै उनको अन्तर्वार्ता लिन पत्रकारहरुको भीड लाग्न थालेको छ।



हननलाई मलेसियाविरुद्ध दुई टि–२० खेलका लागि प्रारम्भिक ब्याटिङ गर्न दिने सम्भावना छ। उनी मूलत बलुचिस्तान निवासी हुन्। पाकिस्तानी क्रिकेट बोर्डले नेटमा अभ्यासका लागि उनलाई राष्ट्रिय एकेडेमीमा बोलाइसकेको छ।



पाकिस्तानी टिममा आफ्नो छनोटलाई लिएर हनन निकै खुसी छन्। उनी टिमको जीतमा आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताउछन्। पाकिस्तान एघारले जनवरी १४ र १५ मा लाहोरको गद्दाफी रंगशालामा खेल्दैछ।



Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.