काठमाडौं,पुस २५ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य घोषणा गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकले उनलाई नियुक्त गर्ने नेतृत्वमाथि नैतिकताको प्रश्न उठेको बताएका छन्। संसदको सबैभन्दा ठूलो दल कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्यसबेला उनी योग्य भए भनेर नै नियुक्ति गरिएको तर यतिका समयपछि आएर अयोग्य घोषित भएको बताए ।



सर्वोच्चले अयोग्य ठहर्‍याएसँगै उनलाई नियुक्त गर्ने नेताहरुमाथि प्रश्न उठाउँदा सचिव र मुख्यसचिव बनाउनेप्रति प्रश्न उठाउनुपर्ने बताए । एमालेको प्रमुख सचेतक भानुभक्त ढकालले उनको नियुक्ति बेठिक भन्दाभन्दै पनि गर्नुपर्ने बाध्यता आइपरेको प्रतिक्रिया दिए । उनको नियुक्ति बेठिक भएको भनि पार्टीहरुभित्र प्रश्न उठेको उनले बताए ।



उनी अयोग्य भएर नै संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको दाबी उनले गरे । माओवादी केन्द्रका प्रमुख सचेत टेकबहादुर बस्नेतले भने यो विषय संसदमा पनि विचाराधीन रहेको बताए । कार्कीको नियुक्तिमा पहिलादेखि नै प्रश्न उठेकाले महाभियोग प्रस्ताव संसदमा पुगेको भन्दै उनले यस विषयमा थप छलफलपछि मात्र प्रतिक्रिया दिन सकिने जनाए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने यस्ता सबै नियुक्तिमा निर्णय गर्ने नेताहरुको नैतिकतामा प्रश्न उठेको बताए । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।



Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.