काठमाडौं,पुस २४ – नेपाली काँग्रेसका सांसद तथा युवा नेता रामहरि खतिवडा आफ्नो चरित्र हत्या गर्ने काम गरिएको आरोप लगाएका छन्। पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङको १४ लाख पर्ने महँगो घडी आफ्नो गोजीमा परेको खबर मिडियामा सार्वजनिक भएपछि पत्रकार सम्मेलन गर्दै यस्तो कुरा बताएका हुन् ।



उनले आज बानेश्वरमा आयोजित पत्रकारमा सम्मलेलनमा आफुलाई जीवन भर मार्ने काम गरिएको बताए । । जिम क्लबमा अरु पनि मानिस थिए उनीहरुले मेरो गोजीमा हालिदिएर मेरो बदनाम गराउो काम भयो ‘एक पल्ट गोली हानेर मारेको भए बरु मरेको मर्‍यै हुन्थ्यो तर मलाई जीवन भर मार्ने काम गरियो’ उनले भने । पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको महँगो रोलेक्स घडी आफ्नो ट्राउजरको गोजीमा कसले र कसरी किन राखिदियो भन्ने बारे निष्पक्ष छानबिन हुनुपर्छ ।  ‘यो मलाई फसाउने नियतले म माथि अन्याय गरेको हो  ।



Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.