काठमाडौं,पुस २४ – नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच संविधान संशोधन विधेयक टेबलको प्रक्रिया सुरु भएको छ । विपक्षी सांसदहरुले संसदमा नाराबाजी गरिरहेका छन्। विपक्षी दलका सांसदहरूले संविधान संशोधन विधयक देशघाती भएको भन्दै फिर्ता लिन माग  गरिरहेका छन् ।



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमाले लगायतका विपक्षी दलले मंसिर १५ देखि संसद् बैठक अबरुद्ध गर्दै आएका छन्। सरकारले गत मंसिर १४ संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरे पनि अहिलेसम्म त्यो संसद्‍मा प्रवेश हुन सकेको थिएन । संसदको अर्को बैठक पुस २५ गते सोमबार एक बजेसम्मका लागि स्थगित भएको छ ।



Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.