एजेन्सी
ज्युरिच, पुस २६ ।
बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी र रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गत वर्ष आफ्नो देश र क्लबका लागि थुप्रै गोल गरे । तर, यी दुवै चर्चित स्ट्राइकरलाई गोलको मामिलामा मलेसियाका मोहम्मद फाइज सुब्रीले उछिनेका छन् ।



सोमबार राति ज्युरिचमा फिफा वर्ष खेलाडीको घोषणा भइरहँदा सुब्री पुस्कास अवार्डबाट सम्मानित भए । यसको मतलब सन् २०१६ मा उनी उत्कृष्ट गोल गर्ने खेलाडीबाट सम्मानित भए । फिफाले वर्षमा उत्कृष्ट गोल गर्ने खेलाडीलाई पुस्कास अवार्डबाट सम्मानित गर्ने गरेको छ ।



२९ वर्षीय स्ट्राइकरले गतवर्ष मलेसियन सुपर लिगमा ३५ यार्ड टाढाबाट फ्रिकिकमार्फत दुर्लभ गोल गरेका थिए । उनले गरेको यो गोलका लागि ५९.४६ मत प्राप्त भएको थियो ।
यस्तै, मार्लोनले गरेको गोलका लागि २२.८६ र डानुस्का रोड्रिगेजका लागि १०.०१ मत प्राप्त भएको थियो ।

Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.