विआरटी नेपाल सम्बाददाता, कोलोराडो जनवरी ८, २०१७ । अमेरिकाको कोलोराडोमा उधौली साकेला-२०१७ भव्य रूपमा सम्पन्न भएको छ । किरात राई सोसाइटी अफ अमेरिका र साकेला क्लबको संयुक्त आयोजनामा कोलोराडो स्थित अरोरा सहरमा उधौली साकेला ५०७६ आज सम्पन्न भएको हो । 



धर्म संस्कार संस्कृति बचाउनका लागि प्रवासमा रहेर पनि त्यहाँको किराँत समुदायले हरेक वर्ष उभौली र उधौली निरन्तर मनाउदै आएको छ । कार्यक्रममा साकेला क्लबको कालाकारहरुले आफ्नो प्रस्तुति सहितको संस्कृति झल्कने विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।



किराँत राई समाजका अग्रजबाट विधिवत पूजा गरी सुरु भएको कार्यक्रम किरात राई सोसाइटी अफ अमेरिकाका कोलाराडोका अध्यक्ष भीम राई ‘क्षितिज’ को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।



संस्थाको तर्फबाट सबैलाई धन्यवाद दिँदै उनले भने ‘संस्कार संस्कृति बचाउँदा कोही सानो नहुने भन्दै यो नै हाम्रो मौलिकता र पहिचान हो । ’
कालोराडोका व्यवसायी भीम राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आरोरा वेलकम सेन्टरकी लारा एना फेरीले विविधितमा एकता खोज्नु -हुनु आफैमा सराहनीय रहेको बताइन ।



त्यस्तै किराँत राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय अध्यक्ष चन्द्र राईले सिलीको मह्त्वमाथि प्रकाश पार्दै भने, ‘किरात समुदायमा चुलोबाट सिलीको सुरु गरिन्छ र अन्त्य चुलोमा पूजा नै यसको अन्य गरिन्छ । 



त्यस्तै साकेला नृत्यको साथै साकेला क्लबका कालाकारहरु कोरीयोग्राफ धन राई, मन्जीला राई, सुस्मीता लिम्बु, दिप्तीका गुरुङ, कल्पना कोइराला, दिलु राई, पूजा खालिङ राई, रेश्मा आर्चाय, दिछेन्न दुक्पा, विपना गुरुङ, सपना गुरुङ, दिपेन राई, राज पाण्डे, सरुना राई, अलविना राईलाई सो अवसरमा मायाको चिनो प्रदान गरियो ।



विराटी नेपाल डटकमले आफ्नो फेसबुक पेजबाट प्रत्यक्षय प्रसारण गरेको सो कार्यक्रममा सिएओका प्रोग्राम मेनेजर एसभी मिजार, कालोराडो अप्रिकन अग्रनाइजेसनका सिडनी ओलीसिच, समाजसेवीद्धय भीम राई, केदार खतिवडा, साहित्यकार हरि ऊप्रति, कलाकार नबराज श्रेष्ठ, भुटानीज कम्युनीटी अफ कोलोराडाका उपाध्क्षय रधु द्यौराली, प्रत्रकारद्धय शैलेश पोखरेल र हेम गिरीको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । 



प्रकृतिको पूजा गर्नु वैज्ञानिक दृष्टिकोणबाट पनि उत्तम मानिन्छ । परापुर्व काल देखी आफ्ना पुर्खाबाट आशीर्वाद मग्ने र प्रकृतिको पूजा गर्ने प्रचलन किराँत समुदायमा रहंदै आएको छ ।






Rajesh Hamal









Published on January 8, 2017 at 9:13 am



Loading…

Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.