न्याय परिषद् बैठकले सात प्रदेशमा रहेका उच्च अदालतका लागि ८० न्यायाधीशको नाम सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले सहसचिव र विशिष्ट श्रेणी ९कानुन, न्याय, सरकारी वकिल० का १६, जिल्ला न्यायाधीशबाट ३७ र नेपाल बार एसोसिएसनबाट २७ जना गरि ८० न्यायाधीशको नाम सिफारिस गरेको हो ।



प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा परिषदका सदस्यहरु वैद्यनाथ उपाध्याय, रामप्रसाद सिटौला, पदमप्रसाद वैदिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायक समेतको उपस्थितीमा भएको बैठकले न्यायाधीश नियुक्तिका लागि अन्तिम नामावलीको टुङ्गो लगाएको हो ।



कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकका अनुसार सिफारिस भएका न्यायाधीशमा न्याय सेवाका विशिष्ट कर्मचारीबाट राजेन्द्र सुवेदी, कृष्ण गिरी, श्रीकान्त पौडेल, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना रहेका छन् ।



त्यस्तै, जिल्ला न्यायाधीश, न्याय र कानुन कर्मचारीतर्फवाट अजयराज उपाध्याय, बिनोद मोहन भट्टराई, अच्युत बिष्ट, बालेन्द्र रुपाखेती, यज्ञराज भट्ट, शेखर पौडेल, बालचन्द्र शर्मा, ईश्वर आचार्य, रामप्रसाद अधिकारी, साधुराम सापकोटा, गोपाल भट्टराई, जगतप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, नारायण पोखरेल, भोजराज अधिकारी, रमेशकुमार खत्री, दयानाथ खरेल, शेरचन्द्र अर्याल, लेखनाथ पौडेल, भोलानाथ चौलागाईं, शालिकराम कोइराला, विष्णुप्रसाद कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधिकारी, चिन्तामणि बराल, अनन्त प्रसाद डुम्रे, राजेन्द्रप्रसाद खरेल, ठाकुरप्रसाद शर्मा पौडेल, हरिप्रताप, कृष्णबहादुर थापा, अच्युतकृष्ण भण्डारी, ऋषि अधिकारी, बलभद्र बास्तोला, टेकनारायण कुँवर, चन्द्रबहादुर सारु, धीरबहादुर चन्द, बिपुल न्यौपाने, नातिबाबु लामिछाने, डा. रवि शर्मा अर्याल र रामप्रसाद ओलीको नाम सिफारिस भएको छ ।



कानुन व्यवसायीबाट गणेशप्रसाद बराल, सीताराम मण्डल, सुदर्शनदेव भट्ट, सुवास पौडेल, जनक पाण्डे, बामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, बासुदेव आचार्य, सुशीप्रसाद थारू, मुनेन्द्रप्रसाद अवस्थी, मदन पोखरेल, श्यामप्रसाद सापकोटा, ध्रुव राजनन्द, दुर्गाबहादुर विश्वकर्मा, टङकप्रसाद गुरुङ, हरिप्रसाद पौडेल, राकेशकुमार निधि, तेजनारायण सिंह राई, बबिता उप्रेती, रामबहादुर थापा, शकुन्तला घिमिरे, नसुरल्लाह अन्सारी, दीपेन्द्रबहादुर बम र राज्यलक्ष्मी बज्राचार्यको नाम पनि सिफारिस भएको छ ।



नेपालको संविधान अनुसार परिषदको सिफारिस अनुसार सर्वोच्च अदालतका प्रधान न्यायाधीशले उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्ने प्रावधान रहेको छ ।



Published on January 12, 2017 at 11:53 pm



Loading…

Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.